कनेक्ट आइपिएसबाट हुने भुक्तानी रकम बढ्यो

काठमाडौं । निषेधाज्ञाका समयमा डिजिटल भुक्तानीको कारोवार रकममा वृद्धि भएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोवारमा कमी आएको थियो । गत वैशाखदेखि उपत्यकाका तीन जिल्लालगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा भुक्तानी रकममा कमी आएकामा जेठमा रकममा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको देशका वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत वैशाखको तुलनामा जेठमा कारोवार रकममा वृद्धि भएको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार जेठमा कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । गत महिनाको तुलनामा जेठमा क्युआर स्क्यान, मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोवार रकममा कमी आएको छ । बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाखको तुलनामा जेठमा मात्र कनेक्ट आइपिएसमार्फत रु एक अर्ब ६९ करोड ८४ लाख बढीको कारोवार भएको छ । जेठमा रु एक खर्ब ५८ अर्ब २५ लाख ४० हजार बढीको कारोवार भएकामा वैशाखमा रु एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोवार भएको थियो ।

इन्टरनेट बैंकिङमार्फत गत वैशाखमा रु १० अर्ब ८० करोड बराबरको कारोवार भएकामा जेठमा रु ११ अर्ब १४ करोड २० लाख बराबरको कारोवार छ । गत वैशाखको तुलनामा जेठमा एक अर्ब ६२ करोड बढीको कारोवार भएको छ । मोबाइल बैंकिङमार्फत गत वैशाखमा रु ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोवार भएकामा जेठमा रु ५३ अर्ब १६ करोड बराबरको कारोवार भएको छ । गत वैशाखको तुलनामा जेठमा मोबाइल बैंकिङमार्फत रु चार अर्ब २७ करोड ३० लाख बढीको कारोबार भएको छ ।

घट्यो वालेटको कारोवार

वालेटमार्फत गत वैशाखमा रु १० अर्ब १० लाख बराबरको कारोवार भएकामा जेठमा रु आठ अर्ब ३५ करोड ३० लाख बराबरको कारोवार भएको छ । गत वैशाख महिनाको तुलनामा जेठमा मात्र रु एक अर्ब ७५ करोड ३० लाखले कारोवारमा कमी आएकोे हो । यस्तै गत वैशाखको तुलनामा जेठमा क्युआरमा आधारित भुक्तानीमार्फत हुने कारोवारमा रु ५६ करोड १० लाखले कमी आएको छ । वैशाखमा रु दुई अर्ब ५२ करोड ९० लाख कारोवार भएकामा जेठमा रु एक अर्ब ९६ करोड ८० लाख बराबरको कारोवार भएको छ ।

यस्तै गत वैशाखको अनलाइन इ–कमर्श का माध्यमबाट रु ७६ करोड ८० लाख बराबरको कारोवार भएकामा जेठमा कारोवार रकममा कमी आई रु १६ करोड १० लाख बराबरको कारोवार भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board