टीकापुरको सशस्त्र प्रहरी बलको बिओपीमा आगलागि

टीकापुर । टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट बिओपी को निर्माणाधिन भवनमा आगलागी भएको छ । सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै रहेको छ । सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ ।

आज निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ । सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रण लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति