थप २,६७६ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

थकाठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ ।

यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।
हाल निको हुने दर ९४।६ प्रतिशत रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board