विप्लवको माधव नेपाल निवासमा प्रचण्ड र नेपालसंग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत नेताहरू बीच भेट वार्ता भएको छ ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार नेता नेपालसहित प्रचण्ड, विप्लव र धर्मेन्द्र बाँस्तोलाबीच कुराकानी भएको छ।
सुरूमा नेपाल र विप्लवबीच कुराकानी भएको थियो। केहीबेरपछि छलफलमा प्रचण्ड पुगेका थिए ।


हिजोमात्रै विप्लवले प्रचण्डलाई खुमलटारस्थित निवासमा डेढ घण्टा लामो छलफल गरेका थिए ।


केही समय अघि ओली नेतृत्वको सरकारसंग विप्लव समुहले ३ बुंदे सहमति गरेको थियो । लामो समय भइसक्दा पनि माग पूरा नभएकोमा विप्लव समूह चिन्तित देखिएको छ ।
झण्डै ५ वर्षको अन्तरालपछि हिजो पहिलो पटक विप्लवले प्रचण्डलाई भेटेका हुन् । उनी २०६९ ससालमा मोहन वैद्य र रामबहादुर थापा संगै माओवादी पार्टीबाट अलग भएका थिए । पछि विप्लवले बैद्य र थापालाई छाडेर आफ्नै पार्टी बनाएका थिए । उनले केही सशस्त्र संघर्षको प्रयोग समेत गरे । सशस्त्र संघर्ष असफल हुने भएपछि उनी सरकारसंगको वार्तामा आएर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिवद्धता जनाएका थिए।
केपी ओली प्रधानमन्त्री रहेका बेला विप्लव ओली संग बढी नजिक भएर प्रचण्डको चर्को आलोचना गर्दै आएका थिए । ओली सत्ताच्युत भएपछि विप्लवले प्रचण्ड लगायतका नेताहरुसंग सम्वन्ध बढाउन लागेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति