एमालेप्रति जनताको भरोसा बढ्दो छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारबाट बाहिरिए पनि नेकपा एमाले प्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताए ।आज चितवनको राप्ती नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एतिहासिक कार्यका कारण एमालेप्रति जनताको भरोसा बढ्दो क्रममा रहेको बताएको हो ।

मुख्यमन्त्री पौडेलले कुनै पनि दल आफ्नो विचार र तीनका कार्यान्वयनका कारण स्थापित वा विस्थापित हुने उल्लेख गर्दै विचारको सही र सफल कार्यान्वयनका कारण एमाले पूर्णरुपमा स्थापित बन्न सकेको दाबी गरे ।कार्यक्रममा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बन्न्भएका जीतबहादुर तामाङको नेतृत्वमा ५८ जनाले एमालेमा प्रवेश गरेका थिए ।

सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलिया, राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामालगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति