काठमाडौं, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ।बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषद् विस्तारका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी दिए। सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि माओवादीले आज बिहान छलफल गरेको थियो।
आजै प्रचण्डले मन्त्रिपरिषद् गठनबारे देउवासँग आवश्यक छलफल गर्ने प्रवक्ता श्रेष्ठले बताए।देउवाले आफ्नो सपथका बेला सानो आकारको मन्त्रिमण्डल बनाउने भएका छन्। उक्त मन्त्रिमण्डलमा माओवादीले क(कसलाई मन्त्री बनाउने अहिले नै यकिन गरिसकेको छैन। मन्त्रालयबारे देउवासँग प्रचण्डले कुराकानी गरेपछि मन्त्रीको टुंगो लाग्नेछ।
प्रतिक्रिया