आजै देउवा नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ, २९ असार । सर्वोच्च अदालतको फैसलासँगै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाएको छ। अदालतले विघटित प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै विपक्षी गठबन्धनले सरकार गठनको गृहकार्य अगाडि बढाएको हो।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आज सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने बताए। उनले सहमति र सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको बताउँदै सहमतिकै आधारमा सकेसम्म राष्ट्रिय सहमतिको सरकार गठन गरेर अगाडि बढ्ने बताए।

स्रोतका अनुसार देउवाको मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट दुई र माओवादी केन्द्रका दुई जना मन्त्रीले सपथ लिनेछन्। गठबन्धनमा रहेको जसपा भने निर्वाचन आयोगमा विचाराधीन पार्टीको विवाद टुंगो लागेपछि मात्रै सरकारमा जाने एक नेताले बताए। पार्टीको विवाद समाधान नगरी सरकारमा जाँदा राम्रो सन्देश नजाने भएकाले केही दिन पर्खिने निर्णय भएको ती नेताको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति