काठमाडौं ।सर्वोच्च अदालले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिए लगत्तै विपक्षी गठवन्धनले सरकार गठनको तयारीगरेको छ । सांझ ५ बजे विपक्षी गठवन्धनको बैठक एमाले वरिष्ठ नेता माधव नेपालको निवासमा हुने भएको छ ।
नेकपा एमालेभित्रको विवादस समाधान भएको बताइएको भोलिपल्ट नै माधव नेपाल विपक्षी गठवन्धनमा रहने स्पष्ट गरेको गठवन्धनका एक नेताले बताए । ती नेताले भने त्यही भएर त माधव नेपालको घरमा बैठक हुने भएको छ हो ।
सवोच्चको फैसलामा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्ति प्रक्रियामा मतदान गर्न दलका सांसदहरु स्वतन्त्र रहने निर्णयले माधव नेपाल समूहलाई निकै ठूलो राहत मिलेको छ ।
५ बजे विपक्षी गठवन्धनको बैठक माधव नेपाल निवासमा
प्रतिक्रिया