काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधानको मर्म र भावना विपरीत प्रतिक्रिया दिएका छन् ।
यो फैसलाले व्यक्तिगत कुण्ठालाई संस्थागत गरेको र शक्ति प्रथकीकरणको सिद्धान्तलाई धुलिसात पारेको पूर्व कानुन मन्त्री समेत रहेका खरेलले बताए ।
सर्वोच्चले सोमबार संसद पुनस्र्थापना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । साथै संविधानको धारा ७६(५) मा अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा सांसदलाई ह्वीप नलाग्ने फैसला सुनाएको छ ।
‘यो फैसलाले संविधानवादका आधारभूत सिद्धान्त, शक्ति विभाजन र सन्तुलनको सिद्धान्त अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको भन्ने आक्रोशित अभिव्यक्ति दिएका छन् ।
यो फैसलाले देश, जनता र राजनीतिक दलहरुले खोजेको निकासलाई अवरुद्ध गरेको खरेलले बताए ।
COMMENTS