भारतको उत्तर प्रदेशमा चट्याङ लागेर २८ जनाको मृत्यु

भारत । भारतको उत्तर प्रदेशमा चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा धेरै १३ जनाको मृत्यु प्रयागराजमा भएको छ । उत्तर प्रदेशमा वर्षाका क्रममा चट्याङ पर्दा विभिन्न स्थानमा २८ जनाको मृत्यु भएको हो । मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् । केही गम्भीर घाइते भएका छन् । चट्याङ लागेर दर्जनौं चौपायाको पनि मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएकाहरुमा समवेदना व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४/४ लाख रुपैयाका दरले आर्थिक सहयोगको घोषणा गरेका छन् । प्रयागराजका साथ कानपुरमा पांच फिरोजाबादमा तीन, कौशांबीमा दुई र मिर्जामा एक जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति