स्थगित हुदै आएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
हिजो अपराह्न बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरि आज अपराह्न ५ बजे लागि बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेका दोस्रो तहका नेताहरु सम्मिलित एकता कार्यदलस्तरमा आन्तरिक विवाद समाधानका लागि छलफल भइरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले हिजो स्थायी कमिटी बैठक बोलाएका थिए । तर कार्यदल सहमति नजिक पुगेपछि ओलीले बैठक स्थगित गरेका थिए । पार्टीमा देखिएको विवाद समाधानका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले गएराति १० बुंदे सहमति गरेसंगै आजका लागि बोलाइएको स्थायी कमिटी बैठकमा नेता नेपालपक्षका नेताहरु सहभागी हुने सम्भावना छ ।

नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले ब्यु“इताइदिएपछि एमाले अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता नेपाल पक्ष सहभागी हुने गरेको थिएन । तर, आजको बैठकमा भने नेपालपक्ष सहभागी हुने सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति