नेकपा (माओवादी केन्द्र) वैधानिक छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले संवैधानिक तथा कानूनी शर्त पूरा गरेर दर्ता भएको नेकपा माओवादी केन्द्र को वैधानिकताबारे कुनै प्रश्न नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको पूर्ण बैठकले संवैधानिक तथा कानूनी शर्त पूरा गरी आयोगमा दर्ता कायम रहेको देखिएकाले माओवादी केन्द्रको वैधानिकताका सम्बन्धमा प्रश्न उठाइ दिएको निवेदन उपर केही गरिरहन परेन भनी निर्णय भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

पूर्वमाओवादी नेताको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रले लामो समयदेखि महाधिवेशन नगरेको जनाउँदै वैधानिकतामाथि प्रश्न उठाएर आयोगमा निवेदन दिएको थियो । भविश्वर पराजुलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष आफू नै रहेकाले वैधानिकता प्रदान गर्न भनी दिएको निवेदनका सम्बन्धमा आयोगले अन्य राजनीतिक दलको प्लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेकामा सचेत गराउँदै आयोगमा अभिलेखीकरण गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति