प्राकृतिक तरिकाबाट जन्मिएका र अपरेशनबाट जन्मिएका बच्चाहरुमा के फरक हुन्छ र किन ?

काठमाडौं । नर्मल रुपमा जन्मेका बच्चा र अप्रेशनबाट जन्मेका बच्चा फरक हुने गर्दछन् । यस्तो हुनुको कारण कमैलाई मात्र जानकारी छ । नर्मल बच्चा जन्मँदा आमाको योनी भजाइनाबाट तरल पदार्थ निस्कने गर्दछ, यस्तो किसिमको तरलपदार्थमा बच्चाको रोगसगँ लड्ने क्षमता हुन्छ , जुन बच्चा अपरेशनबाट निकालिएका हुन्छन् ती बच्चामा यस्तो शक्ति हुदैन् ।

यो कुरा गरिरहँदा धेरैले सोच्ने गर्दछन् कि बच्चाको रोगसगँ लड्ने क्षमता बढाउनको लागी यस्तो तरल पदार्थ बच्चालाई लगाइदिनुपर्ने हो ?

पछिल्लो समयमा भजाइनल सिडिङ्गको चलन निकै बढेको देखिएको छ यस्तो उपाय स्थायी उपाय होइन । भजाइनल पिसडिङ्ग बच्चाको सबै आवश्यकता पूरा गराउनु रहेको हुन्छ । यस्तो आवश्यकता जन्मजात प्राप्त गरेका हुदैनन् । जन्मने समयमा आमाको योनीबाट निस्कने तरल पदार्थ र ब्याक्टेरियाको सम्पर्कमा आउनु एकदमै जरुरी हुन्छ।

ब्रिटेनको बर्मिग युनिभर्सिटीमा यस विषयमा एक रिर्सच गरिएको थियो । यसबाट के पत्ता लागको थियो भने नर्मल डेलिभरी भएको बच्चा र अप्रेशन गरिएको बच्चामा फरकपना । नर्मल डेलिभरीका बेला भजाइनबाट जन्मेका बच्चामा कम्तिमा एक वर्षसम्म रोगसगँ लड्ने क्षमता हुन्छ भने अप्रेशनबाट जन्मेका बच्चामा बच्चामा रोगसगँ लड्ने क्षमता कमी भएको पाइयो ।

समान्य रुपमा जन्मेका नवजात शिशुहरुको आमाको योनी र आन्दामा पाइने ब्याक्टेरियासगँ भेट हुन्छ, भने सिजेरिउन डेलिभरीबाट जन्मेका बच्चाको ब्याक्टेरियासगँ छालामा पाइने ब्याक्टेरियासगँ हुने गर्दछ । बर्मिघम युनिभर्सिटीका प्रोफेसरपिटर ब्रोकेलहर्स्टले बताएका छन् कि अप्ररेशनबाट जन्मेका बच्चामा स्वासप्रश्वाससगँ सम्बन्धी समस्या एकदमै चाडो आउँछ र एलर्जीसगँ लड्ने क्षमता पनि हुन्छ ।

मानिसको शरीरमा पाइने कोशिकामा रहेका ब्याक्टेरीया, भाइरस , सिगंल सेलावाला जीवन आर्कियामा नबाडिएमा यसको परिमाण चकित बनाउने खालको आउने गर्दछ । मानिसको शरीरमा कुल कोशिकाहरुमा जम्मा ४३ प्रतिशत मात्रै मानिसको शरीरको सेल्स हुन्छ भने अन्य जीवहरुको हुन्छन्, त्यस्तै मानिसको कोशिकाहरुमा २० हजार जीनोम हुन्छन् र त्यसबाट कुनै पनि मानिसको बनावट निमार्ण हुनेगर्दछ ।

हामीले हाम्रो शरीरमा पाइने ब्याक्टेरियाबिना जीनोमलाई जोडिदिएमा हाम्रो शरीरमा करिब दुई करोड ससाना जीवहरुको जीन हुन्छ । यसलाई दास्रो जीनोम अर्थात् बायोडाटा मनिन्छ । बायोडाटा यस्तो जीनोम हो यसले एलर्जी मोटोपना , डिप्रशन , भुल्ने समस्या र रोगमा औषधी पारेको असरको बारेमा तय गर्ने गर्दछ ।

युनिभर्सिटी कलेज लण्डनका प्रोफेसरले भनेका छन्, माइक्रोबायोम बच्चाको लागी एकदमै महत्वपूर्ण रहको छ किनभने यसले बच्चाको शरीरमा रोगले आक्रमण गर्दा यसबाट कसरी बच्ने भन्ने कुरा सिकाउँछ ।बच्चा जन्मेको पहिलो हप्ता वा महिनामा इम्युन सिस्टम तिब्रताको साथमा बलियो भएका हुन्छन्, यस्तो अवस्थामा बच्चालाई एन्टिबायोटिक दियो भने माइक्रोबायोडाटाको आफ्नो काममा अवरोध आउन सक्छ र परिणास्वरुप बच्चाको इम्युन सिस्टम कमजोर हुन जान्छ, यस्ता किसिमका बच्चालाई रोगले चाडै समाउँछ । त्यसैले पछिल्लो समयमा बच्चालाई स्वस्थ राख्नको लागी भजाइनल सिडिङ्गको चलन बढेको छ ।

एक अध्ययनबाट के कुरा साबित भएको छ भने घरमा कुकुर छ भने त्यो घरको बच्चालाई स्वास फर्ने कम असहज हुन्छ, किनभने कुकर बाहिर जाँदा घरबाट खुट्टामा माटोलिएर आउँछ । माटोमा कयौ प्रकारका किटाणु हने कारणले बच्चामा रोगप्रतिरोधात्मक क्षमतासगँ लड्ने क्षमताको विकास हुन्छ । खासगरी राम्रो ब्याक्टेरियाहरु दुई किसिमका रहेका हुन्छन्, यस्ता ब्याक्टेरिया आमरुपमा पाउन सकिन्छ । उक्त ब्याक्टेरियाको नाम हो ओसिलोपस्परा र रुमिनोकोकस । ओसिलोस्पिराले इन्युन सिस्टमको बलियोपनासगँ सम्बन्धीत छ भने रुमिनोकोकसले एलर्जीसगँ लड्ने क्षमता दिने गर्दछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board