एमालेको अवरोधपछि गण्डकी प्रदेश सभा स्थगित

काठमाडौँ, २७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि गण्डकी प्रदेश सभा दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।कांग्रेस नेतृत्वको प्रदेश सरकारले रातो किताबमा नभएको योजनामा कार्यकर्ता पोस्न १६ करोड विनियोजन गरेको भन्दै त्यसको छानविन गर्न माग गर्दै एमालेले प्रदेश सभा बैठकमा अवरोध गरेको हो । गण्डकी प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले सभाको सुरुमै छानविन गर्न माग गर्दै विरोध गरे । विपक्षीबाट निरन्तर विरोध भएपछि सभामुख नेत्रनाथ अधिकारीले दिउँसो १ बजेसम्मका लागि सदन स्थगित गरिएको घोषणा गरे । गण्डकी प्रदेश सरकारले आजै अघिल्लो सरकार र आगामी योजनाबारे समेटिएको श्वेतपत्रसमेत जारी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति