एमाले कार्यदलको बैठक सुरु

काठमाडौं, २७ असार। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसिरहेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह पुगेपछि बैठक सुरु भएको हो । यो समूहका नेताहरु ढिलो गरी पुगेकाले बैठक तोकिएको समय भन्दा डेढ घण्टा ढिलो गरी बसेको हो । आजको बैठकबाट सुखद समाचार आउने दुवै पक्षका नेताहरुले बताएका छन् । उनीहरुले आज सहमतिको प्याकेजलाई अन्तिम रुप दिने र त्यसपछि बस्ने स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने बताएका छन् । एमालेभित्र देखिएको विवाद समाधान गर्न भन्दै लगातार कार्यदलको बैठक बस्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board