विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख १९ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, २७ असार ।  गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र थपिएका संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ उक्त अवधिमा ४८ हजार ५०४ जना नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै भारतमा ४१ हजार ४७५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कूल संक्रमितको संख्या तीन करोड आठ लाख ३६ हजार २३१ पुगेको छ। यसैगरी इन्डोनेसियामा ३५ हजार ९४, बेलायतमा ३२ हजार ३६७, रसियामा २५ हजार ८२, कोलम्बियामा २० हजार ९१५, अमेरिकामा १४ हजार २२१, इरानमा ११ हजार ६६४, अर्जेन्टिनामा ११ हजार ५६१ तथा मेक्सिकोमा नौ हजार ३१९ नयाँ संक्रमित थपिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति