कार्यदलको बैठकअघि नेपाल पक्षका नेताहरू नेपाललाई भेट्न कोटेश्वरमा

काठमाडौं । एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक बस्न ढिलाइ भएको छ । कार्यदलका नेपाल पक्षका सदस्यहरू वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।

बैठकका लागि सिंहदरबार आइसकेका कार्यदलका सदस्य त्यहाँबाट एकसाथ कोटेश्वरतिर लागेका हुन् । उनीहरु एक घन्टापछि आउने भनेर गएको एक नेताले बताए । ओली पक्षका कार्यदल सदस्यहरु भने सिंहदरबारमै छन् ।

एमाले कार्यदलको हिजो बसेको बैठकले पार्टी एकताको अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको हो ।

तर नेता नेपाल भने पावर सेयरिङमा कुरा नमिलेसम्म एकताको पक्षमा छैनन् । नेपाललाई मनाउनका लागि कार्यदलका सदस्यहरु कोटेश्वर गएका हुन् ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए । नेपालले सर्वोच्च अदालतको फैसला प्रभावित हुने गरी आफूले कुनै सम्झौता नगर्ने प्रचण्डलाई आश्वासन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति