युवा उद्यमीलाई १ प्रतिशत ब्याजदरमा २५ लाख कर्जा

काठमाडौं । सरकारले १ प्रतिशत ब्याजदरमा २५ लाख कर्जा दिने कार्यविधि तयार पारेको छ ।अर्थ मन्त्रालयको अगुवाइमा तयार कार्यविधिको मस्यौदाले बजेट उल्लेख व्यवस्था कार्यान्वयन गर्नेछ । बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रूपैया सम्म बीउ पुजी कर्जा उपलब्ध गराइने भएको छ ।

जसबमोजिम स्टार्टअप व्यवसायको दर्ता, नविकरण तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाउने घोषणा सरकारले गरिसकेको छ । स्टार्टअप व्यवसायमा वैदेशिक लगानी भित्र्याउन नीतिगत सहजीकरण गरिने तथा यसका लागि १ अर्ब रूपैयांको च्यालेन्ज फन्ड स्थापना गर्ने घोषणा बजेटको थियो । बजेटको यही घोषणाअनुरुप अर्थले कार्यान्वयनको कार्यविधि तयार पारेको हो । कार्यविधिबमोजिम १५ प्रकारको स्टार्टअपले यस्तो कर्जा पाउनेछन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति