तीन अर्ब रूपैयाँभन्दा बढी घोटला गरेर लाइसेन्स दिएको भन्दै पाँच विद्यार्थी संगठनद्वारा अख्तियारमा उजुरी

काठमाडौं । हिमालयन रि पुनर्बीमा कम्पनीलाई सेटिङमा लाइसेन्स दिएको भन्दै बीमा समितिविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

विपक्षी गठबन्धन निकटका पाँच विद्यार्थी संगठनले बिहीबार अख्तियार अनुसन्धान विभागमा उजुरी दर्ता गराएका हुन् । एक महिनाअघि बीमा समितिले हिमालय रि पुर्नबीलाई लाइसेन्स दिएको थियो । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रभावमा परेर लाइसेन्स दिएको जिकिर उजुरीमा छ ।

अध्यक्ष सिलवालले तीन अर्ब रूपैयाँभन्दा बढी घोटला गरेर लाइसेन्स दिएको भन्दै उक्त लाइसेन्स रोक्न माग गरिएको छ । बीमा समितिका अध्यक्ष सिलवालसँग सम्पर्क गर्दा प्रवक्तालाई सोध्नुस् भनेर पन्छिएका छन् ।

नेपाली विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव समूह०, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंका नेतृत्वले उजुरीमा हस्ताक्षर गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति