काठमाडौं, २४ असार । एमाले विवाद मिलाउ गठित कार्यदलका सदस्यहरुले विवाद समाधानको नजिक पुगेको बताईरहेका बेला एमाले युवा नेतृ राम कुमारी झाँक्रीले कुनै जालझेलमा नपर्न सुझाएकी छिन् । आज मध्यान्ह सामाजिक सञ्जाल ट्वीटरमा भनाई पोष्ट गर्ने नेतृ झाँक्रीले लोकतन्त्रको रक्षाको लागि संबिधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य सर्त भएको उल्लेख गरेकी छिन् ।
उनले सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै सर्वोच्चको फैसला अगावै झालझेलमा पर्न नहुने उल्लेख गरेकी छिन् ।

COMMENTS