नेपाललाई भेटेर रावल फर्किए लगतै एमाले कार्यदलको वार्ता अर्थमन्त्रालयमा शुरू


काठमाडौं, २४ असार । नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ । बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board