भीम रावल र विष्णु पौडेलबीच सिंहदरबारमा छुट्टै भेट

काठमाडौं, २४ असार । एमाले विवाद समाधान कार्यदलका नेताहरुले पार्टीको विवाद समाधानउम्खु भएको दाबी गरिरहेका बेला उपाध्याक्ष डा.भीम रावल र उपमहासचिव विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ ।बिहीबार बिहान अर्थ मन्त्रालयमा दुई नेताबीच छलफल भएको हो । छलफल पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।बुधबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको छलफल सकरात्मक भएपछि २ नेताबीच छलफल भएको हो ।अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मदभेद नभएपनि उनीहरु दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको संंघारमा पुगेको थियो ।तर, दुवै पक्षको सहमतिमा बनाइएको युवा नेताहरु सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दवाव दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् । कार्यदलका सदस्यसँग दुवैको समूहिक भेटघाट र छलफल भएपछि ओली र नेपाल ‘वान टु वान’ वार्तामा सकेका थिए ।वार्ताबाट सहमति गरी एकजुट भएको सन्देश दिने गरी वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार अन्तिम रुप दिने सहमति भएको छ । आज बिहान साढे ११ बजे बस्ने कार्यदलको बैठकले एमाले विवादको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board