एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो ।
ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा दुवै पक्षका सहकर्मीहरुका साथमा भेटवार्ता भइरहेको छ । ओलीका तर्फबाट सुवास नेम्वागं, विष्णु पौडेल र इश्वर पोखरेल तथ नेपालका ससाथमा भीम रावल र सुरेन्द्र पाण्डे सहभागी छन् ।

दुवैपक्षका कार्यदलका सदस्यका अनुसार आज दुई जना नेताबीचको भेटघाट दुवैतिरको दबाबको परिणाम मात्र हो । तत्काल सहमति हुने कुनै सम्भावना छैन । दुई नेताका बीचमा गम्भीर अविश्वास छ । नवौं महाधिवेशनको नीति, नेतृत्व र विधान अक्षरश कार्यान्वयन गर्ने भन्ने कुरामा पनि ओली सहमत हुने कुनै सम्भावना छैन । त्यो विधान मान्दा अध्यक्ष ओली स्वतः अवकाश हुन्छन् । उनीसंगै झलनाथ खनाल र बामदेव गौतम लगायतका धेरै नेता पदमा रहन सक्दैनन् । केवल माधव नेपाल मात्र थप १ वर्ष पदमा रहन सक्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board