हाइटीका राष्ट्रपतिको निजी निवासमै गोली हानी हत्या

मेक्सिको सिटी । हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनको निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेको छ ।

मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत् सबैभन्दा गरीब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आएका थिए। उनको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उनलाई पनि दोषी मानिँदै आएको थियो ।

अप्रिलमा हुनुपर्ने गरी तोकिएको हाइटीको संवैधानिक जनमत संग्रह कोभिड–१९ को महामारीको कारण स्थगित भएको छ । राष्ट्रिय निर्वाचन आयोगले जनमत संग्रहलाई सेप्टेम्बर २६ मा गर्ने घोषणा गत यसै बर्षको जुन २६ मा गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति