वाग्मती प्रदेशसभाको बैठक असार २६ बस्ने

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ । असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए । कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति