चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

काठमाडौं । नेपाल प्रहरीले रु १४ लाख ५९ हजार ९०० नगद र रु एक लाख ८० हजारको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले रु एक लाख ५९ हजार ९००, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक नखोलेको तास बरामद गरेको छ । पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति