२४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण, १ हजार ५ सय ६५ जना निको

काठमाडौं, २२ असार ।  पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय तीन जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय १८ जना र पाँच हजार ८२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय १६ जना गरी दुई हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४८ हजार ८५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९ हजार नौ सय १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ६५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १२ हजार नौ सय ९४ जना पुगेको छ । अहिले नेपालमा २५ हजार आठ सय २८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।यस्तै कोरोना सङ्क्रमणका कारण थप १५ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय ६३ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति