आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै (खोप लगाउने स्थान सहित)

काठमाडौं, असार २२ । भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई काठमाडौंमा आजदेखि दोस्रो मात्राको खोप दिइने भएको छ। गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका र शंखरापुर नगरपालिकाका विभिन्न स्थानका खोप केन्द्रबाट खोप दिइने बताएको छ।काठमाडौं महानगरका १३ अस्पताल र स्वास्थ्य केन्द्रबाट खोप दिइनेछ भने अन्यत्र पनि स्वास्थ्य केन्द्रबाट खोप दिइने भएको छ। भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ। पहिलो मात्राको खोप लगाएको कार्ड साथैमा लिएर आउन महानगरले आग्रह गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति