थप १६०३ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २,५५२ छ ।

त्यस्तै कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति