संसद विघटनविरुद्धको मुद्दामा आज सभामुख पक्षका कानून व्यवसायीले बहस गर्ने

काठमाडौं, २० असार । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानून व्यवसायीले बहस गर्दै छन् ।गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीको बहस सकिएपछि यो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । सभामुख सापकोटा तर्फका कानून व्यवसायीका लागि दुई घण्टा समय तोकिएको छ ।

सभामुख सापकोटातर्फका कानून व्यवसायीको बहस सकिएपछि रिट निवेदकका कानून व्यवसायीले ३ घण्टा जवाफी बहस गर्नेछन् ।यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् । उनीहरुका लागि ३०–३० मिनेट गरेर जम्मा दुई घण्टाको समय छुट्याइएको छ ।

अहिलेसम्म प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु अग्नि खरेल, सुशील पन्त, सुरेन्द्र भण्डारीलगायतले बहस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबीलाई अस्वीकृत गर्दै प्रतिनिधि सभा विघटन गरेपछि अहिले यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । यो हप्ताभित्र यो मुद्दाको अन्तिम किनारा लाग्ने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति