थप एक हजार ५२७ सङ्क्रमण पुष्टि, तीन हजार ६६ निको, १९ जनाको मृत्यु

काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १९८ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।३ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति