ललितपुरमा एमालेका दोस्रो तहका नेताबीच छलफल

काठमाडौं, १९ असार। शनिबार ललितपुरको एक होटलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय दोस्रो नेताबीच छलफल जारी छ।

उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्। हिजै दुवै पक्षले सहमतिका लागि प्रयास गर्दा पनि माधव नेपाललाई उनीहरूले भेट्न सकेका थिएनन्। जेठ २ मा फर्किनको लागि उनीहरूले सहमतिको प्रस्ताव तयार पारेका छन्।

तर माधव नेपालले भने ुप्याकेजुमा नै सहमति गर्न खोजेका छन्।सो विषयमा छलफलका लागि नेता घनश्याम भुसाल नेपाल निवास कोटेश्वर पुगेका थिए। प्रस्तावबारे छलफलपश्चात उनी ललितपुरकै छलफलमा सहभागी भएका छन्। यसअघि बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो। त्यसपछि शुक्रबार केन्द्रीय कमिटीको बैठक बसेको थियो। बैठक सार्नको लागि नेपाल पक्षीय नेताले ओलीलाई आग्रह गरे पनि बैठक बसेको थियो। सोही बैठकमा ओलीले माधवकुमार नेपाललाई भेटौं भनेर भने पनि उनले भेट्न नचाहेको बताएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति