भारतमा कोरोना संक्रमण : ४७ हजार संक्रमित, ७९७ संक्रमितको मृत्यु

काठमाडौं, १९ असार ।   भारतमा थप ४७ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४७ हजार २५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २६औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ५ लाख १ हजार १८९ पुगेको छ । भारतमा ५ लाख २ हजार ३८३ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ७९७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६८ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board