मर्स्याङ्दी र पूर्वी राप्तीमा पानीको सतहले खतराको तह पार गर्यो : सतर्कता अपनाउन आग्रह

काठमाडौं, १९ असार । देशका केही ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । तनहुँको बिमल नगरमा मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेको छ । यी नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यसैगरी गोरखा, लमजुङ, मकवानपुर, सुनसरी, सिन्धुली, बारा लगायतका ठाउँमा पनि ठूलो पानी परिरहेकाले ती ठाउँका नदी खोलामा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ । तटीय क्षेत्रहरु र डुबान भइरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज प्रदेश ९१, प्रदेश९२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश९१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति