एमाले केन्द्रीय कमिटी बैठक सुरु, नेपाल पक्षका तीन नेता बालुवाटारबाट फर्किए

काठमाडौं, १८ असार । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बामदेव गौतम सहभागी भएका छन्।

नेता माधवकुमार नेपाल पक्षलाई पनि डाकिएको थियो तर सहभागी भएका छैनन्। बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल पक्षका तीन जना नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट पुगेका थिए।

छलफल गरेरै नै पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका उनीहरु फर्किएका छन्। यसअघि विहीबार राती प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरी बैठकमा सहभागी हुन भनेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति