भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघ्यो

काठमाडौं, १८ असार ।  भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ ।

गएको २४ घण्टामा थप ८ सय ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३ सय १२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिले पाँच लाखभन्दा धेरै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।

भारतमा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । यस्तै भारतमा अहिलेसम्म ३४ करोडभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board