म्याग्दी । म्याग्दीको मंगला गाउंपालिका–२ मिठौलामा गएराति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिमलचौरदेखि पूर्ण गाउंतर्फ जांदै गरेको ग १ ज ७६५२ नम्बरको जिप सडकबाट खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । दुर्घटनामा परी मंगला–१ पूर्णगाउंकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका विमल विकको मृत्यु भएको हो ।
उनीहरुलाई बेनी अस्पताल पु¥याउंदा चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका घाइते र मृतक सबै मंगला गाउंपालिका–१ का हुन् । जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटना बारे थप अनुसन्धान जारी छ ।
COMMENTS