संसद् दिवस सन्दर्भ : अदालतबाट शीघ्र शान्ति निकासको अपेक्षा

काठमाडौं । पूर्व सांसद मञ्च नेपालले ६३ औं संसद् दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ र दिदीबहिनीमा शुभकामना व्यक्त गरेको छ ।

मञ्चले स्थापनाकालदेखि नै सङ्घीय संसद् सचिवालयको सहयोगमा संसद् दिवसका कार्यक्रम गर्दैआएकामा यस वर्ष कोरोना महामारीका कारण ‘बाँचौँ र बचाउँ’ भन्दै प्रेस विज्ञप्तिमार्फत शुभकामना दिने निर्णय गरिएको महासचिव शङ्करनाथ शर्मा अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा २००७ फागुन ७ गतेबाट १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको आठ वर्षपछि विसं २०१५ फागुनमा पहिलो संसदीय निर्वाचन भए पनि साढे तीन महिनापछि २०१६ असार १६ गते मध्यरातमा मात्र पहिलो बैठक बसेको थियो । पहिलो संसद्को यही ऐतिहासिक दिनको स्मरण गर्दै संसद् दिवस मनाइने गरिएको छ ।

मञ्चले भ्रष्टाचार, कालोबजारी, महँगी नियन्त्रण गर्न तथा कोरोनाबाट जनता र मुलुकलाई जोगाउन अबिलम्व अझै ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । सङ्कटलाई परास्त गर्न उच्च मनोबलका साथ निरन्तर खटिएका स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मीको उच्च मूल्याङ्कन गदैं उनीहरूप्रति कृतज्ञता प्रकट गरिएको छ । देशमा देखिएको राजनीतिक सङ्कटको निरुपणका लागि सर्वोच्च अदालतबाट यथाशीघ्र शान्तिपुर्ण निकास हुने र राजनीतिले स्थायित्व लिने अपेक्षा मञ्चले गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति