एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै , के गर्छ नेपाल पक्ष ?

काठमाडौं, १६ असार । सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो । पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेपछिको यो पहिलो बैठक हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई पुरानै संरचनाअनुसार सञ्चालन गर्ने निर्णय गरेको थियो।

एमालेले असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ। एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले नवौं महाधिवशेनको संगठनात्मक ढाँचामा पार्टीलाई फर्काउनुपर्ने माग राखेका थिए। यो मागमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष पहिले सकारात्मक थिएनन्। तर अध्यक्ष ओलीले एकलौटी रूपमा गठन गरेको १९ सदस्यीय स्थायी कमिटी बैठकले नै पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय गरेको छ। यो निर्णयलाई नेपाल पक्षका नेता भीम रावलले छलफलबिनै आएको बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति