११ हजार ६४० जनाको परीक्षण हुँदा २४४४ लाई कोरोना पुष्टि : ४२ जनाको मृत्यु

काठमाडौं, १४ असार । पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ हजार ८५३ जना निको भएका छन् भने ४२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६६४८ पीसीआर र ४९९२ जनाको एन्टीजेन गरि जम्मा ११ हजार ६४० जनाको कोरोना परीक्षण भएको छ । जसमा १५०९ पीसीआर ९३५ जनालाई एन्टीजेनमा पोजेटिभ देखिएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ६८ हजार २२१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ८८ हजार १८७ जनाले कोरोना जितेका छन् भने ९ हजार ५१ जनाको मृत्यु भएको छ । अहिले ३७ हजार ९५० जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति