भोलिदेखि २५ सिट बढी क्षमताका सार्वजनिक यातायात जोरबिजोर गरी चलाउन पाइने

काठमाडौं, १४ असार । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ।सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले २५ सिट बढी क्षमता भएको सवारी साधनलाई चलाउन दिने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।२५ सिट बढी क्षमता भएका सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति