निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चलाउने तयारी थालिएको छ । आज दिउसो बस्ने उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर तथा ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यससम्बन्धी निर्णय गर्ने जनाइएको छ ।

यसअघि हिजो बसेको बैठकमा यससम्बन्धी कुरा उठेको थियो । यसअघि नै जोरबिजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा आइसकेको छ । असार १७ गतेबाट हवाई उडान पनि खुल्ने भएपछि हिजोको बैठकले सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा चलाउने निष्कर्ष निकालेको हो । निषेधाज्ञाका प्रावधान भने यसअघिको भन्दा थप खुकुलो बनाउने तयारी छ । अहिलेको निषेधाज्ञाबाट संक्रमणदरमा परेको प्रभाव विश्लेषण गरी आगामी रणनीति तय गरिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति