जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती : प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै छन्। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दे आएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउन भण्डारीको विशेष योगदान रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति