थप १,९२० जनामा कोरोना पुष्टि,३४ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ६ हजार जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३ सय ५३ र ३ हजार ८ सय ३६ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सोही अवधिमा संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । २४ घण्टामा थप ३००७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ६५ हजार ७ सय ७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।यसैबीच बितेको २४ घण्टामा उपत्यकामा ४ सय २४ जना संक्रमित थपिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति