प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन निरन्तर छलफलमा

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले आज पत्रकारसंग अन्तरक्रिया गर्दै हुनुहुन्छ ।
संघीय संसद भवनको ल्होत्से हलमा रिपोर्टर अन्तक्रिया गर्न लागिएको बताइएको छ । अन्तक्र्रिया कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले (माधव समूह)का नेता माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी हुनुहुनेछ । यसअघि हिजो विभिन्न मिडियाका सम्पादकसंग अन्तक्र्रिया कार्यक्रम गरेका थिए ।

जेठ ७ गते मध्यराति दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धन निरन्तर छलफलमा छ । पछिल्ला दिनमा सडक प्रदर्शन र अन्तरक्रियालाई अगाडि बढाएको छ । हिजो विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले देशभर विरोध प्रदर्शन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति