विमलेन्द्र, शशांक र प्रकाशमानबीच कुराकानी


काठमाडौं, ११ साउन ।  नेपाली कांग्रेसका उपसभापति, महामन्त्री र पूर्वमहामन्त्री छलफलमा जुटेका छन्। कांग्रेसको १४ औं महाधिवेशन नजिकिएका बेला सभापतिमा तयारी गरिरहेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको छ।‘केहीबेर अगाडिदेखि उहाँहरूबीच छलफल भइरहेको छ,’ महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने। स्रोतकाअनुसार उनीहरूबीच महाधिवेशनमा एक जना उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइरहेका छन्। यसअघि यी तीन नेताहरू उपसभापति निधिको निवासमा कुराकानी गरेका थिए। महाधिवेशनसम्म नै छलफललाई निरन्तरता दिने त्यसबेला उनीहरूबीच सहमति थियो।आजै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महाधिवेशन केन्द्रित बैठक राखेका छन्। दिउँसो २ बजे उक्त बैठक हुनुअगाडि अहिले निधि, कोइराला र सिंहबीच भेटवार्ता भएको छ। कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति