माओवादी छाडेर एमाले बनेका २ मेयरसहित १४ जनप्रतिनिधि पदमु्क्त (सूचीसहित)


काठमाडौं, ११ असार ।  नेकपा माओवादी केन्द्र छाडेर एमाले रोजेका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त भएको छ । माओवादी केन्द्रको अनुरोधको आधारमा निर्वाचन आयोगले उनीहरूको पद रिक्त गराएको हो । पद रिक्त हुनेमा दुई मेयर, पाँच उपमेयम, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् । पद रिक्त भएकाहरू अधिकांश रौतहट र कैलालीका छन् ।

आयोगले आज एक सूचनामार्फत उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो । माओवादी केन्द्रको सोमबारको आकस्मिक केन्द्रीय कमिटी बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी माओवादी केन्द्र परित्याग गरेकोले त्यस्तो पद स्वतस् रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति