५ खराब बानी, जसले छिट्टै बुढ्यौली निम्त्याउँछ

काठमाडौं — आजकलको व्यस्त जीवनमा मानिसहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन्

यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गाला भित्र घुस्छ अनि चाउरी पर्छ । आजकल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट बच्नुभयो भने जवान भइरहिन्छ ।

धेरै पानी पिउँदा
धेरै पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेर पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेरै काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।

राति उठ्ने
आजकलका मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिट्टो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिट्टो सुत्न र छिट्टो उठ्न लगाउँछ । प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।

मसलायुक्त खानेकुरा
धेरै मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेर मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेर खर्च भएर छिट्टै बुढ्यौली आउँछ ।

शारीरिक निष्क्रियता
आजकलका मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् उनीहरू । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।

मलत्यागमा अनियमितता
केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ ।

डिप्रेसन, धेरै नूनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ ।

तपाईं सधैं जवान रहन चाहनुहुन्छ भने माथि बताइएका कुरामा विचार पु–याउनुस् ।

एजेन्सी

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board