अर्को वर्ष कतारमा हुने विश्वकप हेर्न जानेले खोप लगाएकै हुनुपर्ने

काठमाडौँ, ८  असार । कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ।
समाचार संस्था एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्।

कतारले किन्न लागेको १० लाख डोज खोप फुटबल अधिकारी र खेलाडीलाई दिइने हो कि दर्शकलाई भन्नेबारे उनले खुलाएनन्।
विश्वकप २०२२ सुरू हुन्जेलसम्म धेरै देशले आफ्ना नागरिकलाई खोप लगाइसक्ने छन्,’ प्रधानमन्त्री शेख खालिदले भने,‘केही मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन सकेनन् भने पूर्ण खोप नलगाएकालाई रंगशालामा प्रवेश दिइने छैन।’

कतारमा अहिलेसम्म २ लाख २० हजार मानिसमा कोरोना संक्रमण भएको छ भने ५८५ जनाले ज्यान गुमाएका छन्।

कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ। फिफा र कतार विश्वकप आयोजकले भने खोप अनिवार्य गर्ने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति