ओलीले पार्टी एकता भंग गर्न खोजे – नेता नेपाल

काठमाडौं, ७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भ्याकेटमा जाने सरकारी निर्णयले एमाले एकता प्रयास भंग हुने संकेत गरेका छन् । कर्णाली प्रदेशका ४ जना प्रदेश सभा सदस्यहरुको मुद्दामा अदालतले जारी गरेको आदेशविरुद्ध फेरि पुनरावलोकनमा जाने निर्णयलाई नेता नेपालले पार्टी एकता विरोधी कदमको संज्ञा दिएका हुन् ।

सोमबार सामाजिक सञ्जालमा एक सन्देश प्रवाह गर्दै नेता नेपालले ४ जना प्रदेश सांसदलाई गरिएको कारबाही खारेज गर्ने अदालतको आदेशविरुद्ध फेरि पुनरावलोकन निवेदन ९भ्याकेट०मा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिने तर्क गरेका हुन् ।

जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखिएको भन्दै गुनासो पनि गरेका छन् ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ,’ नेता नेपालले भनेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

यस्तो छ नेता नेपालको सन्देश

No description available.
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति